ओली र भण्डारीबीच डेढ घन्टा के छलफल भयो?

ओली र भण्डारीबीच डेढ घन्टा के छलफल भयो?

काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी ओली पूर्वराष्ट्रपतिसमेत रहेकी नेतृ विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

आइतबार एमाले पार्टी कार्यालय च्यासलमा पूर्वराष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच 'वान टु वान' भेटवार्ता भएको भएको हो। भेटवार्ताअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, कर्ण थापालगायतका नेताहरूले सहजीकरण गरेका थिए।

भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष ओलीसँग अहिलेको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा कुराकानी भएको जानकारी दिइन्। अरु विषय आधिकारिक च्यानलमार्फत सञ्चारमाध्यमलाई जानकारी गराइने उनले बताइन्। पार्टी सदस्यता नवीकरणका विषयमा सञ्चारकर्मीले सोधको प्रश्नमा भण्डारीले सदस्यता नवीकरणका विषय पुरानो भइसकेको र पहिल्यै नवीकरण गरेको जिकिर गरिन्।

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमाले सचिवालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो। 

यसैबीच एमाले नेताहरूले पार्टीमा विद्या भण्डारीको जिम्मेवारी छिट्टै टुंगिने बताएका छन्। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको छलफलबाट पूर्वराष्ट्रपति भण्डारीको जिम्मेवारी टुंगो लाग्ने बताए। पार्टी बैठकले गरेको निर्णय अनुसार भण्डारी र ओलीबीच भेटवार्ता भएको उनले जानकारी दिए। त्यस्तै एमाले नेता कर्ण थापाले दुई जनाबीच भएको भेटवार्ता निकै सकारात्मक भएको बताए।

विधान अधिवेशनको तयारीमा रहेको एमालेको केन्द्रीय कमिटीको बैठक सोमबारदेखि सुरु हुँदैछ। केन्द्रीय कमिटीको बैठकमा समेत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा छलफल हुने नेताहरूले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.