चाक्सीबारीमा कांग्रेसका सात पूर्व पदाधिकारीको बैठक
काठमाडौं : नेपाली कांग्रेसका सात जना पूर्व पदाधिकारीहरूको बैठक चाक्सीबारीमा बसेको छ। कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा उनीहरूको बैठक बसेको हो।
बैठकमा प्रकाशमान सिंहसहित विजय गच्छदार, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशशरण महत सहभागी छन्।
कांग्रेको आगामी महाधिवेशनमा रणनीति बनाउन सात जना पूर्वपदाधिकारीको बैठक बसेको एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस !