कांग्रेस पूर्वपदाधिकारीहरूको बैठकमा के भयो?

कांग्रेस पूर्वपदाधिकारीहरूको बैठकमा के भयो?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले वर्तमान सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलले अहिलेको सरकार एमाले-कांग्रेस गठबन्धन मिलेर बनेकाले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए।

अहिलेको गठबन्धन ८४ को निर्वाचनसम्मै जाने भएकाले विश्वासको आधारमा काम गर्नुपर्ने उनको भनाइ छ। सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्नुपर्छ भनेर नेता सिंहलाई भनेको र सिंहले यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्ने सिटौलाले बताए।

त्यस्तै उनले कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिए पनि अझै सुरु हुन नसकेको भन्दै अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने निष्कर्ष निकालेको बताए। नेताहरूबीच भएको छलफलका बारेमा पार्टी सभापति शेरबहादुर देउवालाई समेत भेटेर जानकारी गराउने सिटौलाको भनाइ छ। 

छलफलमा नेता सिंह, सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र डा. प्रकाशशरण महत सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.