सिन्धुलीमा बोलबम हिंडेका दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या

सिन्धुलीमा बोलबम हिंडेका दुई तीर्थयात्रीको मृत्यु, एक जनाको हत्या
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको दूधौली नगरपालिका-२ स्थित मधुगंगा महादेव मन्दिरमा दर्शन गर्न हिंडेका दुई जना तीर्थयात्रीको मृत्यु भएको छ। दुईमध्ये एक जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। 

सोमबार दिउँसो मधुगंगा महादेव मन्दिर नजिकै लामिडाँडामा तीर्थयात्रीबीच विवाद भई झडप हुँदा अन्दाजी ३० वर्षका पुरुषको घटना स्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डीएसपी) सूर्य प्रकाश सुवेदीको भनाइ छ। 

मृतक पुरुषको पहिचान खुल्न सकेको छैन। तर, प्रारम्भिक अनुसन्धान अनुसार मृतक दूधौली नगरपालिका सिन्धुलीकै भएको बुझिएको सुवेदीको भनाइ छ। ‘लामिडाँडामा १० भन्दा धेरै तीर्थयात्रीबीच विवाद हुँदा झडप भएको थियो। उक्त झगडाका क्रममा चक्कु प्रहार उनको हत्या गरिएको पाइएको छ। होहल्ला भएपछि स्थानीय जम्मा हुन थालेपछि चक्कु प्रहार गर्ने समूह जंगलतर्फ भागेको पाइएको छ। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी जारी राखेको छ,’ सुवेदीले भने। 

मन्दिर दर्शन गर्न हिंडेका तीर्थयात्रीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हतपतेबाट प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय डकाहबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) लालध्वज सुवेदीको कमाण्डामा गएको टोलीले अनुशनधान थालेको छ। 

घटना स्थलमा धारिलो हतियार चक्कु र खुर्पा फेला पारिएको प्रहरीको भनाइ छ। यसैबीच सोमबार नै सोही मन्दिर (मधुगंगा महादेव) को दर्शन गर्न हिंडेका अर्का अन्दाजी वर्ष ५५/६० का पुरुषको समेत शव फेला परेको प्रहरीले जनाएको छ। सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डीएसपी) सुवेदीका अनुसार दूधौली नगरपालिका-२ कै गागन बजारमा ती पुरुषको शव फेला परेको हो। सुवेदीले थपे, ‘उनको पहिचान हुन सकेको छैन। हेर्दा भारतीय मूलका जस्तो देखिने ती पुरुषको पनि हत्या भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्ने एकिन भएको छैन। सो विषयमा प्रहरीले अनुसन्धान थालेको छ।’

मृतक दुबै पुरुषको शवलाई घटना स्थलको मुचुल्का तयार पारी पोस्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ। प्रहरीले हत्यामा संलग्नको खोजी जारी राखेको जनाएको छ।

सिन्धुलीको मधुगंगा महादेव प्रसिद्ध धार्मिक स्थल हो। यहाँ हरेक वर्षको साउन महिनामा नेपालका साथै भारतबाट समेत लाखौं दर्शनार्थीहरू दर्शनका लागि आउने गरेका छन्। साउनको प्रत्येक सोमबार उक्त मन्दिरमा दर्शन गर्नेहरूको भीड लाग्ने गरेको छ। यसपटक पनि आज साउनको पहिलो सोमबार हजारौं तीर्थयात्रीहरू मन्दिरमा दर्शन गर्न पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.