मधेसमा उत्पन्न पानीको समस्याबारे प्रधानमन्त्री कार्यालयको चासो, तत्काल समाधान गर्न निर्देशन

मधेसमा उत्पन्न पानीको समस्याबारे प्रधानमन्त्री कार्यालयको चासो, तत्काल समाधान गर्न निर्देशन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : मधेस प्रदेशमा पानीको समस्याले उत्पन्न परिस्थितिका विषयमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। मधेस प्रदेशका केही स्थानमा खानेपानीको विकराल समस्या उत्पन्न भएको र वर्षा नहुँदा धान रोपाइँ पनि हुन नसकेको अवस्था सिर्जना भएको भन्दै मुख्यसचिव एकनारायण अर्यालले चासो देखाएका हुन्।

स्रोतका अनुसार सोमबार बसेको सचिवस्तरीय बैठकमा मुख्यसचिव अर्यालले मधेसमा उत्पन्न पानीको समस्या समाधानका लागि गम्भीर बन्न निर्देशन दिएका थिए। उनले गृह मन्त्रलयमार्फत मधेस प्रदेशका सबै प्रमुख जिल्ला अधिकारीलाई समस्या भएका ठाउँमा खानेपानीको व्यवस्था गर्न निर्देशन दिए।

त्यस्तै सिँचाइजन्य समस्या समाधान गर्न पनि मुख्यसचिव अर्यालले निर्देशन दिएका थिए। मधेश प्रदेशभर पानी नपरेको वा ज्यादै कम पानी परेको कारणले सिंचाइ सुविधा समेतको अभावमा धानबाली लगाउन कठिनाई भएको, वर्षा कम भई जमिनमुनीको पानी नआउँदा मधेस प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार भई आम जनतामा सुख्खाजन्य विपद् उत्पन्न भएको भन्दै खानेपानी तथा सिँचाइको तत्काल समस्या समाधानका लागि आवश्यक पहल र समन्वय गर्न मुख्यसचिव अर्यालले निर्देशन दिएको स्रोतको भनाइ छ। 

उनले स्थानीय स्तरको पहलबाट समाधान हुन नसक्ने खानेपानी, कृषि तथा सिंचाइजन्य समस्या समाधानका लागि प्रदेश र नेपाल सरकारबाट गर्नुपर्ने कार्यहरूको सम्बन्धमा मधेस प्रदेशका सबै जिल्लाका विपद् व्यवस्थापन समितिको बैठकबाट आवश्यक निर्णय गराई प्रधानमन्त्री कार्यालयमा रिपोर्ट बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.