काठमाडौंबाट बेपत्ता भएका सिलवाल त्रिवेणीमा मृत भेटिए
गोरखा : सिरानचोक गाउँपालिका–८ जौबारीका प्रशान्त सिलवाल घरबाट सम्पर्कविहीन भएको १० दिनपछि मृत अवस्थामा फेला परेका छन् । काठमाडौंमा पसल गरी बस्ने ४२ वर्षीय सिलवाल मंगलबार नवलपरासीको त्रिवेणी नदीको बाँधमा मृत अवस्थामा फेला परेका मृतकका आफन्त दिपक कँडेलले बताए ।
उनको शव नवलपरासीको मध्यबिन्दु अस्पतालमा पोष्टमार्टम गरेर देवघाटमा अन्त्येष्टि गर्ने उनले बताए । मृतक सिलवाल गत असार २८ गते बिहानदेखि काठमाडौंबाट सम्पर्कबिहीन भएका थिए ।
प्रतिक्रिया दिनुहोस !