विद्या भण्डारीका विषयमा एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै

विद्या भण्डारीका विषयमा एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गर्दै

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका विषयमा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरुले सुझाव दिएका छन्।

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने सदस्यहरुले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने विषय पार्टीको मात्रै विषय नभइ महत्वपूर्ण राजनीतिक विषय भएकाले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्नेमा अधिकांश सदस्यहरूले सुझाव दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

यसले भोलि जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव र संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट एउटा स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत रहेको उनले बताए।

गौतमले केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिए। त्यस्तै बैठकमा मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरूलाई संविधान अनुकुल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको गौतमले बताए।

त्यस्तै उनले बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धिलगायतका विषयमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको बताए। बैठक आज नै समापन हुने एमालेको तयारी छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.