भक्तपुरमा सडक भासियो

भक्तपुरमा सडक भासियो
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको कमलविनायकको सडक मंगलबार भासिएको छ। तुमचोबाट कमलविनायक जाने सडक खण्ड भासिएको हो। सडक भासिएपछि त्यहाँको आवतजावत बन्द भएको छ। नगर प्रहरी तथा अन्य कर्मचारीहरू पुगेर निरीक्षण गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिछ्याउने क्रममा जथाभावी सडक खन्दा सडक भासिएको जनाइएको छ।

भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भूमिगत तार बिछ्याउनका लागि ठाउँ ठाउँमा खाल्डो खनेर तर बिछ्याएका थिए त्यही तारसँगसँगै पानी चुहिएर जमिनमुनि प्वाल बनेको ज्याख्व बताउँछन्। ट्याक्सी एउटा अट्ने खाल्डो बनेको उनको भनाइ छ। 

तत्काल विद्युत प्राधिकरणलाई जानकारी गराएका अहिले खाल्डो बनेको चारैतिर सुरक्षा नेट राखेर गएको उनले बताए। बुधबार बिहान ८ बजेभित्र नै खाल्डोको समाधान गरिदिन्छु भनेका छन्। यस्तै कति ठाउँमा छन् भनेर परीक्षण गर्न बाँकी रहेको उनी सुनाउँछन्।

मोटरसाइकल पार्क गरिराखेर निकाल्ने क्रममा मोटरसाइकलसँगै पिच उप्केर आएको देखिएको उनी बताउँछन्। नत्र भने ठूलो दुर्घटना हुने सक्ने भन्दै ठूला दुर्घटना हुनबाट जोगिएको उनी बताउँछन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.