जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर

जंगली च्याउ खाँदा बालकको मृत्यु, ३ जनाको अवस्था गम्भीर
फाइल तस्बिर।
सुन्नुहोस्

रुकुम पूर्व : रुकुम–पूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका चारजना बिरामी परेका छन्। बिरामीमध्ये एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने तीनजनाको अवस्था गम्भीर छ।

साउन २ गते अन्दाजी ३५ वर्षीय रामकुमारी सुनार र उनका छोराछोरीहरूले जंगलबाट टिपेर ल्याएको च्याउ खाएका थिए। त्यसपछि उनीहरूमा स्वास्थ्य समस्या देखिन थालेको थियो। तीन दिनपछि साउन ५ मा उनीहरूलाई उपचारका लागि रुकुम–पूर्व अस्पतालमा ल्याइएको थियो। 

अस्पतालमा उपचार गर्दा पनि सुधार नदेखिएपछि, साउन ६ मा रामकुमारी सुनार, उनकी ६ वर्षीया छोरी भाग्य रेखा विक र ३ वर्षीय छोरा योजन विकलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सल्यान अस्पताल लगिएको थियो।

तर, सल्यान अस्पतालमा उपचारको क्रममा योजन विकको मंगलबार दिउँसो ३ बजेतिर निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले बताए। रामकुमारी सुनार र भाग्य रेखा विकको अवस्था पनि गम्भीर भएकाले उनीहरूलाई थप उपचारका लागि दाङ रिफर गरिएको डीएसपी यादवको भनाइ छ।

उता, ९ वर्षीया आयुषा विकलाई भने परिवारले जिल्ला अस्पताल रुकुम (पूर्व)बाट जिल्ला अस्पताल रुकुम (पश्चिम) सल्ले लगेको र उनको अवस्था भने मध्यम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.