विद्यालय गएका दुई बालक १० दिनदेखि बेपत्ता

विद्यालय गएका दुई बालक १० दिनदेखि बेपत्ता
सुन्नुहोस्

भक्तपुर : भक्तपुरका दुई बालक १० दिनदेखि बेपत्ता भएका छन्। कलमविनायकस्थित सरस्वती विद्यालय गृहको कक्षा ५ मा अध्ययनरत सागर कार्की र सिसम राई एकैदिन हराएका हुन्। 

ओखलढुंगा घर भई हाल चाँगुनारायण नगरपालिका-९ स्थित इथाचा बस्दै आएका सागर र सिसम गत असार २७ गतेदेखि सम्पर्कविहीन भएका हुन्। 

सागर कार्कीका दाई नाता पर्ने सुभराज कटुवालका अनुसार गत असार २७ गते विद्यालय हिँडेका उनीहरू अझैसम्म सम्पर्कमा आएका छैनन्। खोजीका लागि उनीहरूका अभिभावकले प्रहरीमा निवेदन दिएका छन्। खोजीका लागि पहल नगरेकोमा विद्यालय प्रशासनप्रति उनका आफन्तहरूले असन्तुष्टि पोखेका छन्। 

कटुवालका अनुसार दुवैले विद्यालय पोसाकमै अन्य पोशाक समेत लिएर घरबाट विद्यालय हिँडेको पाइएकाले कतै काम गर्न गएको होकी भन्ने अनुमान लगाइएको छ। ओखलढुङ्गाको चिसंखुगढी नगरपालिका-३ घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका-९ स्थित इथाचा बस्दै आएका सागरसँगै सिसम दुवै मिलेर सो दिनदेखि कुनै घरायसी वा होटलमा काम गर्न गएको हुन सक्ने अनुमान गर्दै उनले खोजी दिन आग्रह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.