प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको कडा जवाफ- विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो हो र?

प्रश्न सोध्ने सांसदलाई प्रधानमन्त्रीको कडा जवाफ- विकास निर्माणको काम स्वस्थानीको कथाजस्तो हो र?
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजको भोलि कुनै पनि विकासका निर्माण सम्पन्न नहुने बताएका छन्। प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सोधेको प्रश्नको जवाफ दिँदै उनले विकास निर्माणको काम स्वास्थानीको कथाजस्तो नभएको बताए।

सांसद चौधरीले पर्वतको कुश्मामा रेलवे स्टेशन कहिले बन्ने, त्यहाँका जनताहरू स्टेशन बन्ने आशामा रहेको भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन्। 'रेलवे स्टेशन बेलुका भनेर रातभरिमा विहानसम्म तयार हुने हो र? यो स्वस्थानी कथाको शिवजीले यसो पार्वतीलाई देखाएको महल हो र,' उनले प्रतिप्रश्न गरे।

उनले विकास निर्माणको कामको आफ्नै प्रक्रिया हुने भएकाले ढिलोचाँडो हुने स्पष्ट पारे। जनकपुरमा चलिरहेको रेल चलाउँछु भन्दा पनि यस्तै व्यंग्य गर्ने गरेको उनले बताए। तर, व्यंग्य गर्नेहरूले नै अहिले त्यसको जस लिने गरेको प्रधानमन्त्रीको भनाइ छ। 

'नेपालमा रेल ल्याउन सम्भव छ भनेर, फेरि पटरी विछ्याएर, रेल किनेर ल्याएर, जनकपुरमा चलाउन लगाइएको छ। चल्दैन, चल्दैन भनेर गफ गर्नेहरू पनि थिए। माननीयज्यु त्यतिबेला हुनुहुन्थेन होला। थिए भने त्यतिबेला पनि यी प्रश्न सोधिएका थिए होला। व्यंग्य गर्ने माननीयहरूले पछि त्यसको जस लिन थाले,' उनले भने।

उनले विकास आजको लागि नभएर पछिसम्मका लागि हुने भएकाले धैर्यता अपनाउनुपर्ने बताए। उनले कीर्तिपुरस्थित क्रिकेट रंगशालाका विषयमा पनि जवाफ दिए। उनले रंगशाला बनाउन ३०० दिनको समय तोकिए पनि खरिद प्रक्रिया लगायतका काम गर्दा आधा समय त्यसै गएको बताए। त्यसका बावजुद रंगशाला अन्तिम चरणमा रहेको उनको भनाइ छ।

'रंगशाला त बन्दैछ त। यसमा खुसी हुनु छैन। दुई दिन किन नाघ्यो? दुई दिन नाघ्छ। काम गरेकोमा जस दिन कहिले कहिले सिक्दा हुन्थ्यो। मानसिकता अलिकति सकारात्मक बनाउँदा हुन्थ्यो,' उनले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.