पानी ट्यांकीमा डुबेर बालकको मृत्यु
नुवाकोट : नुवाकोटको कोलोनीमा पानी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ। विदुर नगरपालिका–९ का ४ वर्षीय दिक्षान्त तामाङको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
शव पोष्टमार्टमका लागि त्रिशूली अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !