दुई साताअघि मुम्बइबाट भागेर आएका थिए भक्तपुरमा मृत भेटिएका दिदीबहिनी

दुई साताअघि मुम्बइबाट भागेर आएका थिए भक्तपुरमा मृत भेटिएका दिदीबहिनी
तस्बिर : अन्नपूर्ण

भक्तपुर : मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा मृत भेटिएका दिदीबहिनी भारतको मुम्बइबाट भागेर आएको खुल्न  आएको छ। स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका उनीहरू बिहीबार बिहान मृत अवस्थामा भेटिएका थिए।

उनीहरू सोही घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएरको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिए। 

मृतकहरू सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल रहेको खुलेको छ। परिवारसँग भारतको मुम्बइमा बस्दै आएका उनीहरू १५ दिनअघि मात्रै काठमाडौं आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

मृतकका बुवा मुम्बइबाट काठमाडौं आउँदै गरेको र उनी आइसकेपछि मात्रै घटनास्थलको मुचुल्का हुने प्रहरीले जनाएको छ। मेनुका र सिर्जना एकै घरका दिदीबहिनी भएको प्रहरीले जनाएको छ। घरधनीका अनुसार दुई साताअघि मात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.