दिदीबहिनीको मृत्यु प्रकरणमा 'दिदी-भिनाजु'माथि गर्दैछ प्रहरीले अनुसन्धान

दिदीबहिनीको मृत्यु प्रकरणमा 'दिदी-भिनाजु'माथि गर्दैछ प्रहरीले अनुसन्धान

भक्तपुर : भक्तपुरको मध्यपुर थिमी सिन्टीटारमा दुई दिदीबहिनी बालिकाहरू एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परिन्। भक्तपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले दिदीबहिनीको शव बिहीबार बिहान ६:४५ बजे सिन्टीटारस्थित डेरा गरी बस्ने घरमा भेटिएको हो। ईट्टा र फलामले बनेको २ तले घरको भुइ तलामा कोठाको प्यासेजमा रहेको फलामको डण्डी (बलो)मा नाइलनको डोरी घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएको उनले बताए। 'दिदीबहिनी एउटै डोरीमा झुण्डिएका थिए,' उनले भने। घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी मृतावस्थामा फेला परेपछि दिनभर त्यहाँ हेर्न आउनेहरूको भीड लागेको थियो। घटना विहानै भएको थाहा पाए पनि मृतकका आफन्त नआएकाले रातिसम्म शव उठाइएको थिएन। उनीहरू सुर्खेत पञ्चपुरी नगरपालिका-८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल रहेको प्रहरीले जनाएको छ। मेनुका र सिर्जना दिदीबहिनी भएको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले पुष्टि गरे।

घरधनीका अनुसार दुई साता अघिमात्र ती किशोरीहरू डेरामा बस्न आएका थिए। प्रहरीका अनुसार मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको छ। भारतको मुम्बाईको मिरा भयोण्डरको आफ्नै निवासबाट करिब १ महिनादेखि उनीहरू सम्पर्कविहीन भएका थिए। त्यसपछि भारतीय सञ्जाल र विभिन्न समाजिक संघसस्थाबाट फोटोसहित खोजी कार्य भइरहेको थियो। ३ हप्तादेखि छोरीहरूको कुनै सम्पर्क नभएपछि मिडियामा अन्तर्वार्ता पनि दिइएको थियो। सोही अन्तर्वार्ता पनि अहिले सार्वजनिक भएको छ।

'भारतको मुम्बाईबाट 'कम्प्युटर क्लास जान्छु भनेर निस्किएका उनीहरू ७ बजे फर्किन्छ भनेर कुरेका थियौं,' अन्तर्वार्तामा उमा कँडेल भन्छिन्। त्यसदिन म्यासेन्जरमा कल गर्दा उठेन। त्यसपछि आमा उमाले भ्वाइस म्यासेज छोडिन्, ‘रोटी बनाएर खानू । म काममा गएँ।’ कान्छी छोरीको अन्तिम भ्वाइस म्यासेज आयो, ‘ममी हामी यहाँ छैनौं। हामी बैंगलोर गयौं। पैसा कमाएपछि तपाईंलाई भेट्छौं। त्योभन्दा अघि भेट्न सक्दैनौं।’

त्यसपछि उनले घरमा फोन गरिन। कामबाट घर फर्केर हेर्दा लत्ताकपडा र पैसा थिएन। आफ्नालाई कल गर्दा पनि कतै नभेटिएको उनले बताएकी छन्। त्यसपछि पुलिसचौकीमा रिर्पोट गरे पनि मोबाइलको लोकेशन हेर्दा त्यसदिन भिवन्डीतिरको गएको देखिएको थियो। प्रहरी, परिवार, साथीभाइ राति दुई बजेदेखि खोजीकार्य गर्दा पनि भेटिएनन्।

भोलिपल्ट लोकेशन गोरखपुर हुँदै नेपाल गएको राति दुई बजेदेखि देखाएको थियो। मोबाइल लोकेशनमा भारतदेखि नेपालसम्मको ट्र्याक देखिएको थियो। उनीहरू काठमाडौंमा होटलमा काम गरेको भन्ने सुनेपछि थप आशंका उत्पन्न भएको आमाले बताएकी थिइन्। 'कान्छीलाई कसले के भनेर गएको केही थाहा नभएको' उनले  अन्तर्वार्तामा भनेकी छन्।

भक्तपुर प्रहरी परिसरका नेउपानेले दिदीबाहिनीको लासको मुचुल्का बिहीबार राति ११ बजेमात्रै हुने जानकारी दिए । भारतको मुम्बईबाट बुबा बासुदेव कँडेलले राति ११ बजेको फ्लाइटबाट नेपाल आउने भएकाले आफू नआइकन लास नउठाउन आग्रह गरेको बताए। उनले भने, 'त्यसैले बुबा नआइकन लास उठ्दैन,' उनले भने। नेउपानेले उनीहरूलाई एउटा दिदी भिनाजुले यहाँ ल्याएको भन्ने विषयमा थप छानबिन भइरहेको बताए। दिदीबहिनीहरू करिब १५ दिनदेखि सिन्टिटारको डेरा गरि बसेको जानकारी उनले गराए।

उनीहरू नजिकैको गार्मेन्टमा काममा संलग्न थिए। मध्यपुर थिमि नगरपालिका-९ सिन्टीटारमा अवस्थित कालिदेवी टेलर्सका सञ्चालक पवन परियारले करिब दुई हप्ता अगाडि एक जना केटा र दुई बहिनीसहित अर्को एक जना केटी काम माग्न टेलर्समा आएको बताए। उनीहरू केटालाई भिनाजु भनेर सम्बोधन गरेका थिए। 'दिदी भिनाजुको एउटामात्र कोठा छ। बस्न अप्ठ्यारो हुन्छ। कोठा खोजी दिनु भनेर पनि भनेका थिए,' सञ्चालक परियारले भने, 'तर, कोठा उनीहरू आफैंले खोजे। हामीले उनीहरूले ग्यास चुलोसमेत जडान गरेर दिएका थियौं।'

कहाँबाट आएको भनेर सोध्दा सुर्खेतबाट नै आएका भनेको उनले बताए। घट्ना हुनु दुई तीनदेखि नै काममा नआएको उनी बताउँछन्। 'उनीहरू काम गर्नभन्दा पनि काम सिक्न भनी आएका थिए,' उनले भने। वरिपरिका छिमेकीहरूले भने ती दिदीबहिनी कसैसँग बोलचाल नगर्ने बताएका छन्। त्यसैले उनीहरूको बारेमा थप जानकारी नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.