यौन दुराचारको अभियोग लागेका बम्जनको सफाइविरुद्ध पुनरावेदन

यौन दुराचारको अभियोग लागेका बम्जनको सफाइविरुद्ध पुनरावेदन
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : उच्च अदालत जनकपुरले बाल यौन दुराचारको अभियोगमा रामलाल बम्जन (रामबहादुर बम्जन)लाई दिएको सफाइ त्रुटिपूर्ण भएको निष्कर्ष निकाल्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने निर्णय गरेको छ। 

जिल्ला अदालत सर्लाहीले दोषी ठहर गरेको बम्जनलाई उच्च अदालत जनकपुरले बाल यौन दुराचारमा हदम्यादका कारण देखाएर मुद्दा चल्न नसक्ने जनाउँदै सफाइ दिएको थियो। उच्च अदालतको फैसला त्रुटिपूर्ण भएको निष्कर्ष निकाल्दै महान्यायाधिवक्ता रमेश बडालले बिहीबार पुनरावेदन गर्ने निर्णय गरेका हुन्। 

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धवप्रसाद पुडासैनीले उच्च अदालतको फैसलाविरुद्ध छिट्टै सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरिने जानकारी दिए। ‘उच्च अदालतले गरेको फैसला त्रुटिपूर्ण भएकाले बदर गर्न माग गर्दै पुनरावेदन  गर्छौं,' प्रवक्ता पुडासैनीले भने, ‘जिल्ला अदालतले कसुर ठहर गरेको थियो। उच्च अदालतले सफाइ दिँदा जुन आधार लिएको छ, त्यो त्रुटिपूर्ण छ।’ जिल्ला अदालतले दोषी ठहर गरेपछि बम्जन कारागार कार्यालय जलेश्वर महोत्तरीमा थुनामा रहेका थिए। 

जिल्ला अदालतले कसुर ठहर गरेपछि बम्जनले २०८१ असोज ४ गते उच्च अदालतमा पुनरावेदनमा दिएका थिए। २०८१ चैत ६ गते उच्च अदालत जनकपुरको संयुक्त इजलासका न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले हदम्यादका कारण बम्जनमाथि मुद्दा नचल्ने निष्कर्ष निकाल्दै अभियोगपत्र नै खारेज हुने ठहर गरेको थियो। फैसलाको पूर्णपाठमा प्रचलित कानुनअनुसार हदम्यादभित्र अभियोगपत्र दायर नभएकाले सरकारको पुनरावेदक जिकिर पुग्न नसक्ने र बम्जनले आरोपित कसुरबाट सफाइ पाउने ठहर भएको उल्लेख छ।

२०८१ असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गर्दै १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला गरेको थियो। बम्जनविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीले १२ देखि १४ वर्षसम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोगपत्र दायर गरेको थियो। ३० वर्षीय बम्जनले सर्लाही, लालबन्दी नगरपालिका-१२ पत्थरकोटस्थित आश्रममा बालयौन शोषण गरेको अभियोग छ।

२०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बम्जनविरुद्ध जाहेरी परेको थियो। बारा, निजगढका बम्जन अभियोग लागे लगत्तै फरार भएका थिए। २०८१ पुस २४ गते बम्जनलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.