एक महिने गुँला पर्व सुरु

एक महिने गुँला पर्व सुरु
सुन्नुहोस्

भक्तपुर : एक महिना लामो गुँला पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदाबाट यो पर्व सुरु हुने परम्परा रहिआएको छ । नेपाल भाषामा गुँ को अर्थ नवौं र ला को अर्थ महिना हो । यसरी गुँलाको पूरा अर्थ नवौं महिना हो । प्रत्येक वर्ष नेपाल सम्वतको नवौं महिनामा पर्ने भएकाले यो पर्वलाई गुँला पर्व भनिएको हो । 

पर्वको अवसरमा काठमाडौं उपत्यकासहित देशभरका ठाउँठाउँमा बाजा बजाएर नगर परिक्रमा गर्ने चलन छ। प्रत्येक दिन विहान गुला बाजागाजाकासाथ बौद्ध  धर्मालम्बी आफनो छुट्टाछुटै रुपमा बहाबहीहरु परिक्रमा गर्ने गर्दछन् । गुला बाजा टोलीमा बाँसुरी, खिं (एक प्रकारका मादल) लगायतका बाद्यबादन बजाई एक टोली जाने गर्दछन् ।

काठमाडौं उपत्यकामा विशेष गरेर शाक्य र बज्राचार्य थर भएका समुदायले बाजा बजाउने चलन छ । पर्वका क्रममा दैनिक बिहान बाजागाजा बजाई मठ मन्दिर, वौद्ध विहार र चैत्यमा जाने गर्दछन् । शाक्य बज्राचार्यबाहेक यो बाजा कंशाकार, मानन्धर अनि प्रजापति थरका समुदायले पनि बजाई छुट्टै रुपमा परिक्रमा गर्ने गर्दछन् । उनीहरू पनि यसरी नै आआफनो क्षेत्रका बहाबहीमा बाजागाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन् । 

एक महिने पर्वको अवसरमा प्रत्येक दिन आआफनो क्षेत्रका मठमन्दिर, बौद्ध विहारका साथै विशेष दिनहरुमा विशेष ठाउँहरुमा घुम्ने गर्दछन् । गुँला बाजाको टोलीले नाग पञ्चमीका दिन भक्तपुरको चाँगुनारायण, जनै पूर्णिमा पाटनको बंगलामुखी मन्दिर पुग्ने गर्दछन् । साथै कृष्ण जन्माष्टमीका दिन काठमाडौंको स्वय्म्भुनाथ, विजेश्वरी, शोभा भगवती, मरुगणेश, जनबाहाल, सेतो मच्छिन्द्रनाथ परिक्रममा गरिने चलन छ । साथसाथै यो अवधिमा  भक्तपुरको सूर्यविनायक, राममन्दिर, नवदुर्गा देवता घर, दत्तात्रय, पाचतल्ले मन्दिर, कमलविनायक परिक्रममा गरिने परम्परा छ । अन्तिम दिन गुला प्रतिपदाका दिन ललितपुरको बुङ्मती, कार्यविनायक, खोकना, जलविनायक हुँदै चोभारको करुणामय  (आदित्यनाथ) परिक्रमा गर्ने परम्परा रहेको छ ।

कला संस्कृति भजन महागुथिका संस्थापक अध्यक्ष डा इन्दुल केसीका अनुसार यो पर्व बौद्ध धर्मावलम्बीहरुको विशेष पर्व हो । डा केसीका अनुसार पर्वभर बौद्ध धर्मावलम्बीहरू विशेष गरे माछा, मासु बारेर (नखाई) बस्छन् । घरघरमा मनाइने यो पर्वको क्रममा हरेक दिन बिहान गुँला बाजाको परिक्रमा हुने उनी सुनाउँछन् । 

टोल टोलमा देखिने यो पर्वको प्रभाव घरघरमा पनि देखिन्छ । पर्व अवधिभर घरघरमा शाक्य बज्राचार्यहरु माछा मासु बारेर बस्छन् । भक्तपुरको मध्यपुर थिमिका कृष्णराम प्रजापतिका अनुसार फरक फरक जिल्लामा पर्व फरक फरक ठाउँमा परिक्रमा गरी मनाइन्छ । मध्यपुर थिमिका प्रजापतिको गुला बाजाको टोली स्थानीय बालकुमारीस्थित लोकेश्वर मन्दिरमा विशेष पूजा आरधना गरी सम्पन्न हुने उनले बताए । कला र संस्कृति विस्तारै लोप हुँदै गइरहेको बेला यस्ता पर्वहरू अहिलेसम्म चल्नु सराहनीय रहेको उनको भनाई छ । यस्ता पर्वलाई जोगाउन सम्बन्धित निकायले आवश्यकता अनुसार सहयोग गर्नुपर्ने उनको जोड छ । हरेक वर्ष चर्तुमास भित्रको गुँला परम्पराको एक महिनासम्म मनाइने गुँला धर्म बाजागाजामा आर्थिक अभावका कारण लोप भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.