१ करोड ६० लाखको कपडा र चुरोट बरामद

१ करोड ६० लाखको कपडा र चुरोट बरामद

जनकपुरधाम : सशस्त्र प्रहरी बल सिमा सुरक्षा बलले झण्डै १ करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा बल र भन्सार कार्यालय सर्लाही मंगलवाको संयुक्त टोलीले सर्लाहीको ईश्वरपुर नगरपालिका -२ लाईटरखोरबाट एक करोड ६० लाख बराबरको लत्ताकपडा तथा चुरोट बरामद गरेको हो ।   

सर्लाहीको ईश्वरपुर नपा २ लाईटरखोर स्थित श्री तुलसी पशुपालन फर्ममा अवैध रुपमा लुकाई–छिपाई राखेको १ करोड ५८ लाख ५९ हजारको मात्रामा लत्ताकपडा र चुरोट छापामारी गरी बरामद गरेको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए । 

भन्सार अधिकृत धर्मेन्द्र कुमार सिंहका अनसार टोलीले प्लाटिनम एण्ड प्रिमियम ब्लेण्डेड ब्लू ३१ पोका कपडा र ७० कार्टुन चुरोट बरामद गरी भन्सार कार्यालय मलंगवा, सर्लाहीमा दाखिला गरेको जनाएको छ ।

ढकालले पछिल्लो दुई महिनाको अवधिमा मात्रै १७ करोड १२ लाख ४६ हजार ४ सय ८६ रुपैयाँ बराबरको अवैध सामान र १२८०.२१६ के.जि. गाँजा र ८२,९६६ पिस ट्रमाडोल हाईड्रोक्लोराईड बरामद गरेको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.