राष्ट्रिय विभूति भीमसेन थापाप्रति श्रद्धाञ्जलि
काठमाडौं : राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जन्मजयन्तीका अवसरमा श्रद्धान्जलि अर्पण गरिएको छ । भीमसेन थापाको जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन,नेपालले शुक्रबार काठमाडौंको धरहरा परिसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सो क्रममा नेपाली सेनाले भीमसेन थापाप्रति सम्मान अर्पण गरेका थियो । समारोहमा सहभागीहरूले भीमसेन थापाका योगदानको स्मरण गरेका थिए ।
नेपाल एकीकरणको प्रमुख अध्याय समाप्त भएको करिब छ वर्षपछि विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता साना अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेठा छोराका रूपमा भीमसेन थापाको जन्म गोरखा बोर्लाङमा भएको थियो । विसं १८५५ मा २३ वर्षकै उमेरमा उनले सरदार पदवी प्राप्त गर्न सफल भएका थिए।
राष्ट्रिय स्वाभिमान,स्वाधीनता र स्थायित्वका लागि अङ्ग्रेजसँग युद्ध गरेका थापाले जेलमा बन्दी अवस्थामै १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गरेको आठ दिनपछि वीरगति प्राप्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !