धार्चेको खोर्लावेशीमा बन्यो बेलिब्रिज
गोरखा : गोरखाको धार्चे गाउँपालिका–३ खोर्लावेशीमा बेलिब्रिज निर्माण भएको छ। ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कम्पनी साहस ऊर्जाले सामाजिक उत्तरदायित्व अन्तर्गत पाँच करोड लागतमा बेलिब्रिज निर्माण गरेको हो।
गत चैत ६ गते शिलान्यास भएको पुल चार महिनामा निर्माण सम्पन्न भएको आयोजनाका कर्मचारी इन्द्रप्रसाद गुरुङले जानकारी दिए। ३६.५८ मिटर लामो र चार मिटर चौडाइ रहेको पुल बनेपछि आयोजनाको पनि निर्माण कार्य आरम्भ गर्ने साहस ऊर्जाका हिम पाठकले जानकारी दिए।
पुल निर्माण भएसँगै धार्चेका बासिन्दा, चुमनुब्री गाउँपालिकाका बासिन्दा तथा मनास्लु क्षेत्र भ्रमण गर्न आउने पर्यटक लाभान्वित हुनेछन्।
प्रतिक्रिया दिनुहोस !