बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

हेटौंडा : बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकसाथ राजीनामा दिने भएका छन्। राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्। 

वर्तमान प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले वर्तमान सरकारको काम कारबाही चित्त नबुझेर राजीनामा दिन लागेको पुष्टि गरे। उनले भने, ‘अहिले म रामेछापबाट फर्किँदै छु। मुख्यमन्त्री भेट्न आउँदै छु। मुख्यमन्त्री भेटेर राजीनामाको पत्र बुझाउँछु।’
  

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री सहित  १४ वटा मन्त्रालय रहेका छन्। जसमध्ये सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एमालेका ६ जना मन्त्री र कांग्रेसबाट सरकारमा ८ जना मन्त्री रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.