नुवाकोटको  तारकेश्वरमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम

नुवाकोटको  तारकेश्वरमा ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको  तारकेश्वर गाउँपालिकाले ज्येष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका साथै सामाजिक सुरक्षा भत्तासमेत गाउँमै पुगेर वितरण गरिएको छ। 

स्थानीय सरकार जनतासँगै प्रत्याभूति दिलाउन तारकेश्वर गाउँपालिकाले सो कार्यक्रम सञ्चालन गरेको हो। जसअन्तर्गत तारकेश्वरका ६ वटै वडामा सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरणसँगै स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको हो। 

‘ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष’ कार्यक्रम अन्तर्गत आठ सय जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख छविलाल केसीले बताए। उनका अनुसार जसमध्ये पाँचसय जना महिला तथा वृद्धाहरू रहेका थिए। 

कार्यक्रममा दुई लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ। यसबाट स्वास्थ्य केन्द्र तथा अस्पताल जानु पर्ने बाध्यताको अन्त्य भएको छ। 

कार्यक्रममा तारकेश्वर गापाका दुई हजार सातसय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। तारकेश्वर गापाको पञ्जीकरण शाखा र स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सञ्चालित उक्त कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।

तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी (अविरल)ले प्रत्येक ३/३ महिनामा वडा/वडामै पुगेर स्थानीय सरकारको उपस्थिति प्रत्याभूति गराउनुका साथै वृद्ध आमाबुबाहरूको सेवा गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए। यस कार्यक्रमले समयमै भत्ता वितरण, स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउने व्यवस्था मिलाउँदा ज्येष्ठ नागरिकहरूले अन्य झन्झट बेहोरिरहनु पर्ने अवस्थाको अन्त्य भएको उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.