हड्डीको दुखाइबाट राहत पाउन दैनिक यी खानेकुरा खानुहोस्

हड्डीको दुखाइबाट राहत पाउन दैनिक यी खानेकुरा खानुहोस्
सुन्नुहोस्

काठमाडौं : आजकल मानिसले सानै उमेरमा पनि हड्डी कमजोर हुने र दुख्ने समस्या भोगिरहेका छन्। यसको प्रमुख कारण हाम्रो जीवनशैली र खानपान हो।  

खाद्य पदार्थमा मिसावट र पोषक तत्त्वको अभावले हड्डीलाई आवश्यक बल प्रदान गर्न सक्दैन। बलियो हड्डीका लागि क्याल्सियम, भिटामिन डी र अन्य धेरै आवश्यक पोषक तत्त्व आवश्यक पर्दछ।  

क्याल्सियम र भिटामिन डी बाहेक, प्रोटिन, म्याग्नेसियम, पोटासियम र भिटामिन के पनि हड्डीको स्वास्थ्यका लागि आवश्यक छन्। त्यसैले   दूध, दही, चीज र मही, हरियो पातदार तरकारी, बोसोयुक्त माछा, अण्डा जस्ता चीजको सेवन बढाउनु पर्छ।  

क्याल्सियमयुक्त खानेकुरा  

दूध, दही र चीज क्याल्सियमको उत्कृष्ट स्रोत हुन्। यसबाहेक अन्य दुग्धजन्य उत्पादन जस्तै मही र दहीमा पनि क्याल्सियम हुन्छ। टोफु पनि क्याल्सियमको राम्रो स्रोत हो। त्यसैले यसको सेवन पनि महत्त्वपूर्ण छ।  

हरियो पातदार तरकारी  

पालुङ्गो, ब्रोकाउली, केल, कोलार्ड साग र अन्य पातदार तरकारीमा क्याल्सियमका साथै भिटामिन के, म्याग्नेसियम र पोटासियम प्रशस्त मात्रामा पाइन्छ। त्यसैले आफ्नो आहारमा यसको सेवन बढाउनुहोस्।   

माछा 

सार्डिन र डिब्बाबंद साल्मन माछा क्याल्सियमको राम्रो स्रोत हुन्। त्यसैले मांसाहारी व्यक्तिले पनि यसलाई यसलाई उपभोग गर्न सक्छन्।

भिटामिन डी  

केही प्रकारका च्याउ, विशेष गरी यूभी प्रकाशको सम्पर्कमा आउने, भिटामिन डीको राम्रो स्रोत हुन्। त्यसैले पनि यसको सेवन गर्नुपर्छ। यसले  शरीरमा भिटामिन डीको कमीलाई पनि हटाउँछ।

फलफूलको सेवन  

सिट्रस फलफूलमा भिटामिन सी हुन्छ र यसले हड्डी बलियो बनाउन आवश्यक कोलाजेन उत्पादनमा मद्दत गर्छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.