आकर्षक झरनामा मनोरञ्जन लिनेहरूको भीड
नुवाकोट : गर्मी छल्न र बिदाको सदुपयोग गर्न नुवाकोटका विभिन्न झरनाहरूमा मनोरञ्जन लिन जानेहरू बढिरहेका छन्। दैनिक रुपमा हजारौं नुवाकोटको शिवपुरी, ककनी, जिलिङ लगायतका स्थानमा रहेका झरनाहरूमा स्नान गर्न पुगिरहेका छन्।
काठमाडौंको नजिकै रहेको नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा रहेको झरनामा बिदा तथा शनिबारको दिन झरना हेर्ने र नुहाएर मनोरञ्जन लिने मानिसहरूको घुइँचो लागेको छ। राजधानी लगायत नेपालभर तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाइलो गर्नका लागि सर्वसाधारण झरनामा जाने गरेका छन्।
बिदा तथा शनिबारको दिन बजारको हल्ला र कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि नुवाकोटको विभिन्न झरना आकर्षक गन्तव्य बनिरहेको छ। ति झरनाहरू रहेको नुवाकोटका विभिन्न स्थान प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ। निकै नै प्रख्यात रहेको लौके, फुङफुङ तथा जिलिङको हल्चे र वांझे झरना हेर्न र मनोरञ्जन लिन जानेहरू बढिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !