अधिनायकवाद कस्तो हुन्छ, विपी र हामीहरूलाई थाहा छ : प्रधानमन्त्री

अधिनायकवाद कस्तो हुन्छ, विपी र हामीहरूलाई थाहा छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि योगदान गर्ने व्यक्तिहरू देशकै नेता भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार बालुवाटारमा आयोजना गरेको विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले विपी कोइराला, पुष्पलाल, गणेशमानलगायत कुनै दल विशेषका नेता नभइ देशकै नेता भएको बताए।

प्रधानमन्त्री ओलीले योगदानलाई सम्मान गर्ने कुरामा दलका आधारमा विभेद् गर्न नहुने बताए। प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताए।

'अहिले कुनै कुरामा चित्त बुझेन भने अधिनायकवादी भनिदिए पुग्छ। तर, अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने विपीहरू र हामीहरूलाई थाहा छ। जेल हत्कडी र कालकोठरी भोग्नेहरूलाई थाहा हुन्छ। अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ। अघिल्लो पुस्ताका विपी कोइरालाहरूले संघर्षका लागि बाटो देखाउनुभएको छ,' उनले भने। 

राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको बताउँदै उनले यी लडाइँमा विपी प्रेरणाको मियो भएको बताए। 

उनले राजनीतिक पार्टी गैरसरकारी संस्था नभएकाले एक व्यक्ति धेरै पार्टीमा नभइ एउटै पाटीमा बसेर राजनीति गर्नुपर्ने बताए। राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेको उनले बताए। त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकलाई अघि बढाउनका लागि ठूला दुई दल मिलेर सरकार बनाउनुपरेको बताए। उनले कांग्रेस र एमाले सहकार्य र प्रतिपस्पर्धा गर्नका लागि एकै ठाउँ आएको जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.