०८४ सम्म गठबन्धनले निरन्तरता पाउँछ, एमाले र कांग्रेसबिच मुख्य प्रतिस्पर्धा हुन्छ : पर्यटनमन्त्री

०८४ सम्म गठबन्धनले निरन्तरता पाउँछ, एमाले र कांग्रेसबिच मुख्य प्रतिस्पर्धा हुन्छ : पर्यटनमन्त्री
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

'वीपी कोइराला त्यस्तो व्यक्ति हुन्,जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो। उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं ,'उनले भने,' उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो ।'

मन्त्री पाण्डेले हालको सरकार निर्माणको पृष्ठभूमिमा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुमा आवश्यकताबाट उत्पन्न भएको उल्लेख गरे । 'दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो । त्यसैले सहकार्य आवश्यक बन्यो,'उनले भने,'हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं । त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ ।'

उनले आगामी निर्वाचनमा दुबै पार्टीका मन्त्रीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा प्रतिस्पर्धा हुने स्पष्ट पारे। कार्यक्रममा बीपी कोइरालाको योगदानलाई स्मरण गर्दै विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चारजना स्रष्टालाई ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ बाट सम्मानित गरिएको थियो ।

सम्मानित हुनेमा साहित्यतर्फ मोरङका भुवन ढुंगाना कोइराला, राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना गुरुङ, अछामका नयनसिंह कठायत तथा बैरागी काँइला नामले चिनिने तिलविक्रम नेम्वाङ रहेका छन्। उनीहरूलाई  दोसल्ला, प्रमाणपत्रसहित जनही एक लाख रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.