टाउको र घाँटीको क्यान्सरका बिरामी बढ्दै

टाउको र घाँटीको क्यान्सरका बिरामी बढ्दै
सुन्नुहोस्

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालले टाउको र घाँटीको क्यान्सरका बिरामी बढ्दै गएको जनाएको छ। अस्पतालको गत वर्षको तथ्यांक हेर्ने हो भने सन् २०२४ मा ७ सय ४१ र सन् २०२३ मा ६ सय ६३ जना क्यान्सरका नयाँ बिरामी पहिचान भएका छन्। यसले नेपालमा पनि हरेक वर्ष टाउको र घाँटीको क्यान्सरको प्रकोप निरन्तर बढिरहेको देखाउँछ।

टाउको र घाँटीको क्यान्सर विश्वभर चौथो सबैभन्दा बढी देखिने क्यान्सर हो। जसमा करिब ८ लाख ९० हजार नयाँ केस र ४ लाख ५ हजार बिरामीहरूको वार्षिक रूपमा मृत्यु हुने तथ्यांक छ। त्यस्तै, नेपालकै बीपी कोइराला क्यान्सर अस्पतालको सन् २०१२–२०१७ को तथ्यांक हेर्न हो भने ४ हजार ५ सय ८२ वटा नयाँ केसहरू जसमध्ये ओठ तथा मुखको क्यान्सर ४६.५५ प्रतिशत रहेको छ। विशेषगरी ६० देखि ७० वर्षका पुरुषमा यो वृद्धि भएको देखिन्छ।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेले मदिरापान र धूम्रपान नै नाक–कान–घाँटीमा हुने क्यान्सरको मुख्य कारण रहेको बताए। टाउको र घाँटीको क्यान्सर दिवसको अवसरमा आइतबार अस्पतालमा भएको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थको सेवन, धूमपान, रक्सी यसको प्रमुख कारणहरूमा पर्ने बताए। क्यान्सर रोग लागेर निको भइसकेकाहरूलाई सम्मान गर्नुपर्ने बताउँदै उनले भने, ‘नाक–कान र घाँटीको क्यान्सर निको हुने सन्देश फैलाउनु आजको आवश्यकता हो।’

विषेशगरी मदिरापान, धूम्रपान, अस्वस्थ्यकर खानपान तथा वंशाणुगतबाट पनि टाउको र घाँटीसम्बन्धी क्यान्सर हुन सक्ने निर्देशक चालिसे बताउँछन्।

क्यान्सर रोग सकेसम्म लाग्न नदिने, लागि हालेमा छिटो पहिचान गरी उपचार गर्न सकियो भने निर्मूल पार्न सकिने डा. चालिसे सुनाउँछन्। क्यान्सर रोगसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विश्वभरि टाउको र घाँटीको क्यान्सर दिवस मनाउँदै आइएको छ।

‘नेपालमा टाउको र घाँटीसम्बन्धी क्यान्सरको समस्या निकै ठूलो छ। दुःखको कुरा के छ भने यीमध्ये धेरैजसो क्यान्सर रोकथाम गर्न मिल्ने छन्’, डा.चालिसे भन्छन्, ‘सुरुमा पत्ता लागेमा उपचार सम्भव हुने खालका हुन्छन् तर जनचेतना अभाव, सामाजिक लज्जा र ग्रामीण क्षेत्रमा उपचारको पहुँच सीमित हुँदा धेरै बिरामी ढिलो अर्थात् अन्तिम चरणमा मात्र अस्पताल आउनुहुन्छ। यस्तो समस्यालाई न्यूनीकरण गर्न भक्तपुर क्यान्सर अस्पतालले केवल उपचारमा मात्र होइन, जनचेतना फैलाउने, प्रारम्भिक परीक्षण गर्ने र सामुदायिक स्वास्थ्य शिविरहरू सञ्चालनमा पनि जुटेको छ।’ विश्व टाउको र घाँटी क्यान्सर दिवस २७ जुलाईमा विश्वभर मनाइन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.