भक्तपुरमा दसैंमा जात्रा गरिने खम्ये भित्र्याइयो

भक्तपुरमा दसैंमा जात्रा गरिने खम्ये भित्र्याइयो
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको नवदुर्गा द्योछें (दसैंमा राष्ट्रपति आउने मन्दिर)मा आज सोमबार खम्ये (रागोँ) भित्र्याएको छ। नवदुर्गा द्योछेँमा ल्याइएको खम्येलाई मन्दिरको नकीं मोतीमाया बनमालाले पूजाआजा गरेर विधिपूर्वक भित्र्याएको हो।

हरेक वर्ष दसैंमा धूमधामका ठूलो जात्रा गरी बली चढाउने खम्ये बर्सेनि नवदुर्गा द्योछेँमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दसैंको महानवमीसम्म नवदुर्गा द्योछेँमा राखेर नवमीको दिन खम्ये जात्रा गरी ब्रम्हायणीमा बली चढाइन्छ। दसैंमा धुमधामका ठूलो जात्रा गरी बली चढाउने खम्ये बर्सेनि नवदुर्गा द्योछेँमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दसैंको महानवमीसम्म नवदुर्गा द्योछेमा राखेर रातभर जात्रा गरी बली चढाइन्छ।

नेपालभाषामा खम्ये भनेको निख्खर कालो राँगो हो। सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खम्ये ब्वाकेगु जात्रा भनिन्छ। नवदुर्गामा ल्याइएको खम्ये मन्दिरको नकींले पूजाआजा गरेर भित्र्याएको हो। नकींले नै अब दसैंको नवमीसम्म उक्त खम्येको रेखदेख तथा हेरचाह गर्नेछिन्।

जात्राको विधानअनुसार गथामग चर्‍हे चतुर्दशीको दिन नवदुर्गा मन्दिरमा खम्ये बाँध्ने किलामा डोरी बाँध्नुपर्ने प्रचलन रहेको नवदुर्गा देवगणका नाइके विज्रेश बनमालाले जानकारी गराए। खम्ये छ भने त्यही दिन बाँड्ने तर खम्ये नभेटिएने हुनाले उक्त दिन डोरी बाँधिसकेपछि खम्येका लागि योग्य राँगो खोजी हुने उनले बताए।

यसवर्ष खोटाङको चुइचुम्मा गाउँपालिका हाल ललितपुरमा बसोबास गर्दै आएका अरुण राइले खम्ये चढाएका हुन्। उनले बनेपा नगरपालिका-३ का देवीप्रसाद ढंगलले ३ वर्ष पालनपोषण गरेको खम्ये १ लाख २० हजार रुपैयाँमा किनेर ल्याएको जानकारी दिए। अब आउने दुई वर्षको लागि पनि खम्ये उनले नै पाल्ने भएको देवीप्रसादज जानकारी गराए। अघिल्लो वर्षको खम्ये पनि उनले नै पालेका थिए।

पछिल्लो १० वर्षमा खम्ये २०७२ सालदेखि क्रमश रुद्राशेखर दुमरु, राकेश दुवाल, रामभक्त प्रजापति, मधुसूदन अवाल, कृष्णमाया गाइजु बिजेन्द्र पुलाँछे, लक्ष्मण छुजु, पदम कुमार श्रेष्ठ, रक्तभक्त दुमरु, स्व मूक्ति बहादुर सुवालले चढाउने मौका पाएका थिए। यी सबै भक्तपुरवासी नै थिए। यो भन्दा पहिला केही वर्ष भने काठमाडौंबासीले पनि चढाउन पाएका थिए।

खम्ये बर्सेनि घण्टाकर्ण पछि र गाइजात्रा भित्र खम्ये  नवदुर्गा द्योछेँमा ल्याइसक्नुपर्ने नियम रहेको छ। यस अनुसार प्रत्येक वर्ष यस अनुसारको मिति मिलाई खम्यलाई नवदुर्गा द्योंछेंमा भित्राउने गरिन्छ। यसअघि खम्येलाई साइत हेर्ने गरिन्छ र मिल्ने व्यक्तिका घरमा पालेर राखिएको किनेर ल्याउने गरिन्छ। 

द्योछेंमा राखेर पालिएको खम्येलाई प्रत्येक वर्ष दसैंको महानवमीको राति भक्तपुरको ब्रम्हायणीमा रातभरिको ठूलो जात्राका साथ बली दिइन्छ। यसपछि भोलिपल्ट ब्रम्हायणीमा ठूलो मेला लाग्दछ। जहाँ काठमाडौं उपत्यकाबाट दसौं हजार श्रदालुहरु जात्रास्थल पुग्ने गर्दछन्। 

यसअघि खम्येलाई महानवमीको साँझ नवदुर्गा द्योछेंबाट निकालेर दौदाउने गरिन्छ। जसलाई खम्ये जात्रा भनिन्छ। विशेष आकर्षणको यो जात्रा हेर्न भक्तपुर नगरभरि भीड लाग्ने गर्दछ। द्योछेंबाट निकालिएको खम्येलाई नगर परिक्रमा गराई ब्रम्हायणीमा पुर्‍याउने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.