प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको छ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। छलफलपछि नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसलाई उपलब्धिमूलक बनाउने विषयमा छलफल भएको जानकारी दिए।

त्यस्तै शिक्षासम्बन्धी विधेयक, निजामती विधेयकलाई रोक्ने प्रयास भएकाले यसलाई अघि बढाउन दुई पार्टीले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयमा पनि छलफल भएको उनले बताए। त्यस्तै उनले दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई समृद्ध र व्यवस्थित गर्दै लैजाने सहमति भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.