प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन्। संयुक्त राष्ट्रसंघको विकासोन्मुख भूपरिवेष्टित मुलुकहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका हुन्। उनी साउन १८ गते तुर्कमेनिस्तान जान लागेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको साउन १८ देखि २३ गतेसम्म हुने तुर्कमेनिस्तान भ्रमणलाई स्वीकृति प्रदान गरेको सहभागी एक मन्त्रीले बताए।
प्रतिक्रिया दिनुहोस !