सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल र रजिष्ट्रारमा कार्की नियुक्त
काठमाडौं : सरकारले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई मुख्य रजिष्ट्रारमा नियुक्त गरेको सहभागी एक मन्त्रीले बताए।
त्यस्तै सरकारले सर्वोच्चको रजिष्ट्रारमा मानबहादुर कार्की नियुक्त गरेको छ। न्याय सेवा आयोगको सोमबार बसेको बैठकले रिक्त मुख्य रजिष्ट्रारमा पौडेललाई सिफारिस गरेको थियो।
५८ वर्षे उमेर हदका कारण मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल सोमबारदेखि सेवा निवृत्त भएका थिए। त्यस्तै कार्की रजिष्ट्रारमा बढुवाका लागि सिफारिस भएका थिए।
प्रतिक्रिया दिनुहोस !