समाजवादी मोर्चा अझ सक्रिय भएर अघि बढ्छ : प्रचण्ड
काठमाडौं : समाजवादी मोर्चाले आफ्ना गतिविधिलाई औचित्यपूर्ण ढंगले अघि बढाउने निर्णय गरेको छ।
नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले मुलुकमा बेतिथि बढेको भन्दै त्यसका विरुद्ध औचित्यपूर्ण ढंगले आफ्नो गतिविधिलाई अघि बढाउने निर्णय गरेको हो। बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अझ औचित्यपूर्ण र सक्रिय भएर मोर्चा अघि बढ्ने जानकारी दिए। उनले पार्टीभित्र अहिले कुनै समस्या नरहेको समेत बताए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतमले मोर्चाको बैठकमा अहिलेसम्मको कामको समीक्षा भएको बताए। उनले भ्रष्टाचार, बेतिथि र देशलाई बर्बादीबाट जोगाउन छिटै ठूलो प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विविध कारणबस मोर्चाले अपेक्षा अनुसार गति लिन नसकेको भन्दै अब सक्रियताका साथ मोर्चालाई अघि बढाइने उल्लेख गरे।
विगतमा भएका कमीकमजोरीहरूलाई सच्चाएकार अघि बढ्नुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए। विश्वकर्माले भाद्रको अन्तिमतिर देशव्यापीरूपमा मोर्चाको कार्यक्रमलाई अघि बढाइने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !