प्रहरी भेषमा आएका महिलाहरूले जब दुई थारू सांसदलाई पक्राउ गरी हली बनाए…

प्रहरी भेषमा आएका महिलाहरूले जब दुई थारू सांसदलाई पक्राउ गरी हली बनाए…
सुन्नुहोस्

काठमाडौं : सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेस प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मंगलबार प्रहरी भेषमा आएका महिलाले पक्राउ गरे।

त्यसपछि उनीहरूलाई गाउँलेले हलो जोत्न लगाए। अझ रोचक त महिलाहरू नै हल गोरु बनेर हलो तानेका थिए। लामो समयदेखि वर्षा हुन नसकेपछि ईश्वरपुर नगरपालिका-९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई पक्राउ गरेर हली बनाएका हुन्।

त्यसो त यो स्थानीयले कुनै कारबाही गरेको वा जबर्जस्ती गरेका भने होइनन्। स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो। सो समुदायमा पूजा गरेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ। खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए।

महिलाहरूले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्‍याएका थिए। हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए।

मधेस प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावि बनेको छ। 'गएराति परेको हल्का वर्षाबाट कृषकलाई केही राहत पुगे पनि रोपाइँका लागि मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको छ,' सांसद चौधरीले भने।

कृषि विभागले यही साउन ११ गतेसम्म गत वर्षको तुलनामा सबैभन्दा कम रोपाइँ मधेस प्रदेशमा भएको जनाएको छ। विभागका अनुसार गत वर्षको तुलनामा मधेस प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष यस अवधिमा ९२ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको हो। यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६.११ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.