नारायणी नदीको पुलबाट हामफालेर दुई बेपत्ता
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर दुई जना बेपत्ता भएका छन्। एक जना आज बिहान पुलबाट र अर्को साँझतिर हामफालेर बेपत्ता भएका प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालकाअनुसार आज साँझ ७:४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेर बेपत्ता भएका हुन्। 'साँझ पुलबाट हामफालेका कारण खोजी कार्यमा कठिनाइ भएको छ। बिहान हामफालेका किशोरको अवस्था पनि हालसम्म अज्ञात छ,' उनले भने।
बिहान पुलबाट हामफाल्ने किशोर गैंडाकोट-५ का १५ वर्षीय आदेश श्रेष्ठ रहेको र महिलाको भने पहिचान खुल्न नसकेको नरालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !