प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.२५ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढीले बढेको छ। साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ६.२५ अंकले बढेर ३००८.३३ विन्दुमा पुगेको छ। यो समयमा सेन्सेटिभ इण्डेक्स १.१० अंकले बढेको छ।
प्रि ओपन सेसनमा ७६ स्टकको ७० हजार २९४ कित्ता सेयर ४ करोड ६३ लाख रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४१ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया दिनुहोस !