बागमती कांग्रेसमा किचलो : संसदीय दलको नेतामा फेरि बानियाँ र लामा आमनेसामने

बागमती कांग्रेसमा किचलो : संसदीय दलको नेतामा फेरि बानियाँ र लामा आमनेसामने
कांग्रेस बागमती प्रदेश दल नेताको निर्वाचन गराउन केन्द्रीय समितिले पर्यवेक्षक तोकेका प्रतिनिधिसभा सदस्य राजेन्द्र  केसीको दायाँ बायाँ रहेका मुख्यमन्त्री बहादुरिसिं लामा र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताका लागि दुई वर्ष सात महिनापछि फेरि इन्द्र बहादुर बानियाँ र बहादुरसिं लामा आमनेसामने भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री लामाले मंगलबार दल नेताको हैसियत गुमाएपछि आज नेता चयनको लागि मतदान हुँदैछ । 

नेताको लागि मुख्यमन्त्री लामा र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सदस्य बानियाँले उम्मेदवारी दिएका छन् । गत साउन ९ गते लामाविरुद्ध संसदीय दलमा २१ जना प्रदेश संसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसकै प्रक्रिया स्वरूप मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा भएको मत विभाजनमा लामाको पक्षमा १५ मत मात्रै परेको थियो । यस्तै विपक्षमा २२ मत परेसँगै लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् । 

यसअघि २०७९ पुसमा भएको दल नेताको निर्वाचनमा बानियाँलाई हराउँदै लामा विजयी भएका थिए । लामाले २१ मत र बानियाँले १६ मत प्राप्त गरेका थिए ।  निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली  ११:३० बजे प्रकाशित गरिनेछ । 

उम्मेदवारको नाम फिर्ता दिने समय दिउँसो १२ बजेसम्म तोकिएको छ । दिउँसो १ बजे अन्तिम उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने मतदान आजै दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म हुने कार्यतालिका छ । संसदीय दलको नेताको निर्वाचन प्रक्रियाको मतदानका कार्य कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय,हेटौँडामा हुनेछ । 

यसैबीच मुख्यमन्त्री बहादुरसिं लामाले आजै तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले नेपाली कांग्रेसबाट राजीनामा दिएका पाँच जना मन्त्रीहरूमध्ये तीन वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेको हुन् । गोबिन्द लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, प्रदेश सभा सदस्य माया श्रेष्ठ र गिता गुरुङलाई पनि मन्त्री नियुक्त गरिएको छ । यद्यपि उनीहरूले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने विषय भने औपचारिक रूपमा तोकिएको छैन । नवनियुक्त तीनै जना मन्त्रीहरूको सपथग्रहण समारोह आज नै सम्पन्न हुने तयारी गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.