किर्ते कागजात र विभिन्न संघसंस्थाका छापसहित दुईजना पक्राउ

किर्ते कागजात र विभिन्न संघसंस्थाका छापसहित दुईजना पक्राउ
सुन्नुहोस्

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल नगरपालिका- १२ को वडा कार्यालयको लेटर प्याड छाप तथा वडा अध्यक्षको सही समेत किर्ते गरी नक्कली कागजात बनाएको घटनाका अभियुक्तलाई सार्वजनिक गरेको छ ।

प्रहरीले जिल्ला गोरखा सहित लखन गाउँपालिका वडा नं १ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका -३१ नयाँ बानेश्वर बस्ने  ४१ वर्षीय किरण अर्याल र काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिका वडा नम्बर १२ बस्ने ३८ वर्षीय जितेन्द्र तामाङलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

वडा अध्यक्षको हस्ताक्षर नै नक्कली भएको भनी सूचनाको आधारमा प्रहरी टोलीले आवश्यक अनुसन्धान गर्दै जाँदा विभिन्न संघसंस्थाका २६ स्थान छाप विभिन्न दरको नेपाली नगद ६८ हजार, विभिन्न मुलुकको नोट १४ थान, नागरिकता दुई थान, पासपोर्ट तथा विभिन्न संघसंस्थाको कागजत र पेनड्राइभ ११ थान सीपीयुलगायतका सामग्री प्रहरीले बरामद गरेको जिल्ला प्रहरी डीएसपी मिन घलेले जानकारी दिए ।

बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले नयाँ बानेश्वर शखमूलमा रहेको गजबको फोटोकपी एण्ड स्टेसनरी सेन्टर सञ्चालन गरी बस्ने किरण र तामाङलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्तेमा अदालतबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान गरिरहेको डीएसपी घलेले बताए ।

प्रहरीले उनीहरूको साथबाट धुलिखेल नगरपालिका वडा नम्बर १२ को कार्यालयको छाप, धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षको नाम र मोहनप्रसाद लामिछानेको नामको छाप,ताराखोला गाउँपालिका ३ बाग्लुङको छाप, हेडौँडा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ को छाप, रत्ननगर १ चितवनको कार्यालयको छाप , होटल मोडिया बौद्धको छाप , नेपाल विद्यार्थी सङ्घको छाप , जनमैत्री बहुमुखी क्याम्पसको छाप ,नवीन सिग्देल वा चेयरप्सनको छाप ,सीताराम तामाङ वार्डचियर पश्चिमको छाप ,कमल सापकोटा स्थानीय पञ्जाधिकारीको छाप र ग्रीन सिटी हस्पिटलको छाप बरामद गरेको हो ।

धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले आफ्नो छाप , दस्तखत र छाप किर्ते गरेको पाइएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.