माओवादी पदाधिकारी बैठकले टुंग्यायो स्थायी कमिटी बैठकको एजेन्डा
काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनले स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताए। त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्रता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषयलगायतमा छलफल गर्ने एजेन्डा तय भएको उनले बताए।
संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गरिने सापकोटाले बताए। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मितिसमेत तय गर्ने उनले बताए।
प्रतिक्रिया दिनुहोस !