यो उमेरपछि द्रुत गतिमा बढ्न थाल्छ बुढ्यौली

यो उमेरपछि द्रुत गतिमा बढ्न थाल्छ बुढ्यौली
सुन्नुहोस्

काठमाडौं :  समय अगाडि बढिरहन्छ, तर बुढ्यौलीको प्रक्रिया सधैँ एकनासको हुँदैन। 

बाल्यकालमा शरीर छिटो बढ्छ, युवावस्थामा केही समय सबै कुरा सामान्य रहन्छ। तर उमेर बढ्दै जाँदा शरीर बिस्तारै कमजोर हुन थाल्छ। एक नयाँ अध्ययनका अनुसार करिब ५० वर्षको उमेर पछि बुढ्यौलीको  गति बढ्छ। यस समयपछि शरीरका अंग र तन्तुहरू पहिले भन्दा छिटो बुढ्यौली हुन थाल्छन्।  

चाइनिज एकेडेमी अफ साइन्सेजको अनुसन्धान टोलीका अनुसार,‘५० वर्षको उमेरमा शरीरमा द्रुत गतिमा परिवर्तन हुन थाल्छन् र यसको सबैभन्दा बढी प्रभाव रक्तनलीमा पर्छ।’

अनुसन्धानले के देखायो ?  

अहिलेसम्म उमेरले शरीरका विभिन्न भागलाई कसरी असर गर्छ भन्ने कुरा थाहा थिएन। यो बुझ्नका लागि अनुसन्धानकर्ताहरूले १४ देखि ६८ वर्ष उमेरका ७६ जनाको अंगको नमुना लिएका थिए। जसमध्ये सबैको टाउकोमा चोट लागेर मृत्यु भएको थियो।  अनुसन्धानमा मुटु, कलेजो, छाला, मांसपेशी र रगत जस्ता शरीरका विभिन्न भागको नमुना लिइएको थियो।   

अनुसन्धानले उमेर बढ्दै जाँदा शरीरमा ४८ वटा यस्ता प्रोटिनहरू बढ्न थाल्छन् जुन मुटुको समस्या, फ्याटी लिभर, फाइब्रोसिस र क्यान्सरसँग सम्बन्धित रहेको पत्ता लगाएको छ। सबैभन्दा ठुलो परिवर्तन ४५ देखि ५५ वर्षको उमेरमा देखिएको थियो। विशेष गरी उमेरको प्रभाव सबैभन्दा बढी महाधमनी (शरीरको मुख्य रक्तनली)मा देखिएको थियो। यसबाहेक प्यान्क्रियाज र प्लीहामा पनि निरन्तर परिवर्तनहरू देखिए।  

यसअघि धेरै अनुसन्धानले करिब ४४ र ६० वर्षको उमेरमा बुढ्यौली प्रक्रियामा ठुला परिवर्तन आउने पत्ता लगाएका थिए।  अब एउटा नयाँ अध्ययनले उमेरले मानव शरीरका विभिन्न भागलाई फरक–फरक समयमा असर गर्ने देखाएको छ।  

यदि शरीरको कुन भाग कुन उमेरमा सबैभन्दा बढी प्रभावित हुन्छ भनेर बुझ्यौँ भने त्यस्ता औषधि वा उपचार विकास गर्न सकिन्छ। यसले बुढ्यौलीको  प्रक्रियालाई सहज बनाउन सक्छ। वैज्ञानिकहरूले ५० वर्षको उमेर दायरालाई समेट्ने प्रोटिन सम्बन्धित तथ्याङ्क तयार गरेका छन्। यसले बुढ्यौलीसँगै शरीरका अंगमा प्रोटिन सन्तुलन किन बिग्रन्छ भनेर बुझ्न मद्दत गर्नेछ।  

यसबाट केही परिवर्तन सबै अंगहरूमा समान रहेको पत्ता लागेको छ। जबकि केही विशिष्ट अंगमा फरक–फरक प्रकारका प्रभाव देखिन्छन्।  
यो अनुसन्धानले भविष्यमा औषधि बनाउन मद्दत गर्न सक्छ। यसले उमेरसँग सम्बन्धित रोगलाई रोक्न वा कम गर्न मद्दत गर्न सक्छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.