ठमेलको दोहोरी साँझमा कुटपिट गर्ने तीनजना पक्राउ

ठमेलको दोहोरी साँझमा कुटपिट गर्ने तीनजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : दोहोरी साँझमा पसेर कुटपिट गर्ने तीनजना ठमेलबाट पक्राउ परेका छन् । नुवाकोट ककनीका युवराज गुरुङ,रविन्द्र गुरुङ र दिलकुमार तुम्बाफो ठमेलको नगरकोट दोहोरी साँझबाट पक्राउ परेका । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी कुलदिप चन्दका अनुसार उनीहरू अत्यधिक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए।

पटकपटक गुण्डागर्दीमा संलग्न रहदै आएका सानुभाइ भनिने युवराज गुरुङ विवादित पृष्ठभूमि भएका व्यक्ति हुन् । अत्यधिक मदिरा सेवनपछि दुई पक्षबीच विवाद हुँदा त्यहाँ प्रहरी पुगेको थियो । त्यसक्रममा अर्का पक्षका नुवाकोट सूर्यगढी नगरपालिका-२ का ३० वर्षीय रवीन्द्र र पाँचथर फिदिम नगरपालिका -१० का २६ वर्षीय तुम्बाफोलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउपछि उनीहरूले प्रहरीमाथि पनि दुर्व्यवहार गरेका थिए । सानुभाइ यसअघि ठमेलकै क्लबमा बाउन्सर र सञ्चालकमाथि गुण्डागर्दी गरेको घटनामा संलग्न भएको खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.