मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सुन्नुहोस्

गोरखा  :  मोटरसाइकलले ठक्कर दिँदा सडक छेउमा हिँडिरहेका एक जनाको मृत्यु भएको छ। नवलपुरबाट गोरखातर्फ आइरहेका लु६१प ४६८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गोरखा नगरपालिका १० वीरेन्चोकका ७० वर्षीय क्षेत्रबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्रदेश अस्पताल गोरखामा सामान्य उपचार गरी भरतपुरस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

मोटर साइकल चालक मध्यविन्दू नगरपालिका–१ नवलपुरका २९ वर्षीय साजन बिसीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.