नाउपा भेलाबाट लालवीर चौधरी अध्यक्षमा सर्वसम्मत

नाउपा भेलाबाट लालवीर चौधरी अध्यक्षमा सर्वसम्मत

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत भएका छन्। काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत गरेको हो।

यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो। विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि संरक्षक रेशम चौधरी असन्तुष्ट बनेका थिए।

त्यसलगत्तै उनले बहुमत संस्थापक सदस्यको बैठक बोलाएर रञ्जितालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गराएका थिए। रञ्जिताले स्पष्टीकरण पेस नगरेपछि अनुशासन समितिले राष्ट्रिय भेलामा कारबाहीका लागि प्रस्ताव पेस गरेको थियो। बुधाबर भेलाको पहिलो बैठकले अध्यक्ष श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्ने निर्णय गरेको थियो।

यद्यपि यस निर्णयलाई रञ्जिताले इन्कार गर्दै आएकी छन्। उनले विधानसम्मत अध्यक्ष आफू नै रहेको र भेलाको कुनै औचित्य नभएको बताउँदै आएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.