हरेक बार, खानाको प्रकार चार
हामीले दिनहुँ सन्तुलित भोजन खानुपर्छ । खाने खानामा शक्ति दिने, शरीर वृद्धि गर्ने र सुरक्षा गर्ने खानेकुराहरू तथा सफा पानी आदि अर्थात् सबै समूहबाट (गेडागुडी, अन्न, पशुपक्षीजन्य र फलफूल) मिलाएर खाएमा सन्तुलित भोजन हुन्छ ।
शरीरको सम्पूर्ण विकास तथा स्वस्थ रहनका लागि सबै समूहबाट विभिन्न किसिमको खानेकुराहरू समावेश गरी खानु पर्दछ । ‘हरेक बार खानाको प्रकार चार’ भन्ने गरिन्छ । प्रत्येक दिन चारै प्रकारका खानेकुराहरू जस्तै, अन्न, गेडागुडी, पशुपक्षीजन्य र फलफूललगायतका खानेकुरा खानुपर्छ ।
सन्तुलित भोजन तयार गर्नका लागि महँगा–महँगा खानेकुरा ल्याउनु पर्दैन । सन्तुलित भोजन हामी आफैंले गाउँघरमा भएका स्थानीय खानेकुराबाट तयार गर्न सक्छौं । जस्तैः कोदोको रोटी, रायोको साग, दाल, अचार वा भात, दाल, साग, गोलभेंडाको अचार आदि ।
प्रतिक्रिया दिनुहोस !