यसरी प्रहरी फन्दामा परे चक्रे मिलन, अनुसन्धान गर्न ७ दिनको समय

यसरी प्रहरी फन्दामा परे चक्रे मिलन, अनुसन्धान गर्न ७ दिनको समय
सुन्नुहोस्

काठमाडौं : काठमाडौंमा आपराधिक गतिविधि बढिरहेको भन्ने सूचना प्रहरीले केही दिनअघि नै पाएको थियो। ठमेल, महाराजगञ्ज र भक्तपुरका केही क्षेत्रमा विभिन्न व्यक्तिहरूले सास्ती दिइरहेको खबर थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुक्ष्मरूपमा रातको समयमा निगरानी बढाएको थियो। सुरक्षामा कडाइ गरेको थियो। यसै क्रममा बिहीबार राति शंकास्पद् गतिविधि गर्ने उपत्यकाबाट १०४ जना पक्राउ परेका छन्। 

यही समूहमा चक्रे मिलन भनिने मिलन गुरुङको समूहलाई पनि प्रहरीले पक्राउ गर्‍यो। उनीहरू महाराजगन्जको साम्बाला होटलमा भेला भएका थिए। चक्रे मिलन विवादित र आपराधिक पृष्ठभूमिका व्यक्ति हुन्। जन्मदिन मनाउन होटलमा भेला भएका थिए। उक्त समूहले उक्त स्थानमा हल्ला खल्ला गरेको, कुटपिटमा उत्रिएको र प्रहरीलाई दुर्व्यवहार गरेको आरोप छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीका अनुसार उक्त होटलबाट ४७ जनालाई नियन्त्रणमा लिइएको हो। जसमा चक्रे मिलन, राहुल खड्कालगायत छन्। राहुलको साथबाट प्रहरीले फलामको रड र खुकुरी बरामद गरेको छ। 

प्रहरीका अनुसार यो समूहले महाराजगञ्ज, बालुवाटार र नक्साल क्षेत्रमा हप्ता असुल्ने, व्यक्तिहरूलाई आतंकित पार्ने र गुण्डागर्दी गर्ने गरेको सूचना आएको थियो। पछिल्लो समयमा चक्रे गुरुङमा सडकमा हिंड्दा पनि अस्वभाविक गतिविधि देखाएका थिए। उनी आफ्ना समूहका साथीहरूको गाडीबाट स्कर्टिङ गर्दै, बाटै छेकेर सडकमा कुदिरहेका थिए। केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले पाएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीप्रसाद आर्चायका अनुसार उनीविरुद्ध मौखिक उजुरी आए पनि लिखित उजुरी भने दर्ता भएको छैन। तर, उनको क्रियाकलाप र पृष्ठभूमि भने राम्रो छैन। उनीहरूले सार्वजनिक स्थानमा होहल्ला गरेको, अभ्रद व्यवहार गरेको भन्दै सार्वजनिक हितविरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ। काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारी भन्छन्, 'यो समूहबाट पीडित कोही हुनुहुन्छ भने प्रहरीलाई खबर गर्नुहोस्। दादागिरी र गुण्डागर्दी बढाएर समाजको शान्ती सुरक्षामा खलल पुर्‍याउने कसैलाई पनि छुट छैन। अवाञ्छित गतिविधि देखाउने र शंकास्पद् क्रियाकलाप गर्नेव्रिरुद्ध प्रहरी कडारूपमा प्रस्तुत हुने उनले बताए।


यसैबीच जिल्ला प्रशासन कार्यालयले चक्रे मिलनलगायतक उनको समूहलाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थपेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.