प्राविधिकले देश बिगारे : बिजुक्छे

प्राविधिकले देश बिगारे : बिजुक्छे
सुन्नुहोस्

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्राविधिकले देश बिगारेको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्स्टिच्युटको २० औं प्रमाण पत्र, प्रशंसा पत्र, अभिनन्दन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष बिजुक्छेले अहिले प्राविधिकहरुका कारण देश बन्न नसकेको बताएका हुन्। अध्यक्ष बिजुक्छेले अहिले देशमा प्राविधिकतन्त्रले अपेक्षित योगदान दिन नसकेको टिप्पणी गरे। 

‘पहिले कर्मचारीतन्त्रले देश विकास हुन सकेन। अहिले प्राविधिकतन्त्रले पनि सकिरहेको छैन। प्राविधिक इन्जिनियरहरूले घुस खाएको समाचार आइरहेका छन्। यो नै प्राविधिकतन्त्रको वास्तविकता हो,’ उनले भने। 

उनले आजको नयाँ पुस्तालाई केवल प्राविधिक ज्ञानमा सीमित नराखी सदाचार, समाज सेवा र राजनीतिक चेतनासहितको शिक्षा दिनुपर्नेमा जोड दिए। ‘राम्रो शिक्षक उत्पादन गर्नु अहिले देशको सबैभन्दा ठूलो आवश्यकता हो,’ बिजुक्छेले भने। 

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले नयाँ पुस्ताका लागि प्रविधिको क्षेत्रमा राम्रो सम्भावना बोकेको बताए। आइटीको प्रयोग विवेकपूर्ण रूपमा गर्नुपर्नेमा जोड उनले दिए। ‘हामीले प्रविधिलाई प्रयोग गर्नुपर्छ, प्रविधिले हामीलाई होइन। अहिले एआईका कारण अध्ययनप्रति विद्यार्थीको चासो घट्दै गएको छ। जुन एकदम गलत हो’, उनले भने। 

गोसाइँले स्क्रिनटाइम बढ्दै गएको र ग्रीनटाइम घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।  स्क्रिनटाइम अर्थात मोबाइल, ल्यापटपको अत्यधिक प्रयोगलाई सन्तुलनमा राख्न उनले आग्रह गरे। ग्रीनटाइम अथात् प्रविधिको प्रयोग गरी समाज सेवा, साहित्य, राजनीति जस्ता सकारात्मक क्षेत्रमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उप–प्रमुख रजनी जोशीले युवापुस्तामा संस्कृति र सम्पदाप्रति चेतना बढाउनुपर्नेमा जोड दिइन्। साथै, पुस्तकहरू अध्ययन गर्न सकेमा व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा उनले राखिन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरका अध्यक्ष बालकृष्ण बनमालाले भक्तपुरका चर्चित कलाकार रामशरण प्रजापतिको कला क्षेत्रमा योगदानको कदर गर्दै उनलाई सम्मान गर्न पाएकोमा गर्व महसुस गरे।

कार्यक्रममा देशभरका विभिन्न ५४ वटा विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूको सहभागिता रहेको थियो। कुल ३८७ विद्यार्थी सहभागीमध्ये १७६ जना पुरुष र २११ जना महिला रहेका थिए। काठमाडौं उपत्यकाबाहेक स्याङ्जा, चितवन, दैलेख, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, उदयपुर, ओखलढुंगा, डोल्पा, दोलखा, रोल्पा, भोजपुर, रौतहट, नेपालगन्ज, हेटौंडा, गोरखा, कास्की, कालिकोट, धादिङ, सुर्खेत, रामेछाप, पोखरा, झापा लगायतका जिल्लाबाट विद्यार्थी सहभागी भएका थिए। 

तालिममा सक्रिय सहभागिता जनाउने र परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मायाको चिनो, तथा टाइपिङ स्प्रिङ प्रतियोगिताको पुरस्कारद्वारा सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.