बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएका छन्। मुख्यमन्त्री लामाले आइतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा गएर राजीनामाको पत्र दर्ता गराएका हुन्।
गत १४ साउनमा कांग्रेस संसदीय दत्तका नेतामा पराजित भएलगत्तै उनीमाथि पार्टी भित्रैबाट राजीनामा दिन दबाब सिर्जना भएको थियो। २०८१ साउनमा सपथ लिएर मुख्यमन्त्री भएका लामाले १ वर्षपछि आफ्नै पा भित्रको आन्तरिक द्वन्द्वका कारण राजीनामा दिन बाध्य भएको बताए।
प्रतिक्रिया दिनुहोस !