मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेताहरूको चेतावनी

मोर्चाको देशव्यापी जागरण अभियान सुरू, विद्रोह गर्ने नेताहरूको चेतावनी
सुन्नुहोस्

काठमाडौं : संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंबाट एक महिने जनजागरण अभियान सुरु गरेको छ। वर्तमान राजनीतिक अवस्थाबारे देशव्यापी रूपमा जानकारी गराउन एक महिने जनजागरण अभियान सुरु गरेको मोर्चाले जनाएको छ। 

आइतबार काठमाडौंमा अभियानको शुभारम्भ गर्दै मोर्चा आबद्ध दलका शीर्ष नेताहरूले राज्यले मधेसी, जनजातिलगायत पछि परेका समुदायलाई उपेक्षा गरेको जनाएका थिए।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दलहरूले भनेजस्तो संविधान संशोधन गर्न सहज नहुने बताए। संविधान बनाउनेहरूबाट संविधानप्रति खतरा रहेको उनको भनाइ छ। ठाकुरले मधेसी समुदायहरूले बराबरको अधिकार पाउन नसकेको भन्दै सबै मिलेर राज्यलाई दबाब दिनुपर्ने धारणा राखे।

त्यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकमाथि भएको विभेद् अन्त्य नभए विद्रोह हुने बताए। उनले सुकुम्बासीका नाममा धेरै खेल भएको भन्दै अहिले पनि आफ्नालाई जग्गा दिनका लागि सरकारले कानुन बनाउन खोजेको आरोप लगाए। यादवले सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले सरकारलाई दिएको समथर्न फिर्ता लिएको बताए।

त्यस्तै राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महतोले देशलाई साझा नबनाइ नेपाल बन्न नसक्ने बताए।  देशका सबै ठाउँमा बस्ने सबै समुदायको साझा हुने गरी देशलाई अघि बढाउनुपर्ने उनले बताए। उनले सबैलाई स्वीकार्य हुने गरि संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुरका साथै भदौ २२ गते वीरगञ्जमा पुगेर जनजागरण अभियान समापन हुने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.