आज पनि बढ्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज पनि वृद्धि भएको छ। अघिल्लो दिन आइतबार ३४ सयले बढेको सुन आज एक सय रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार एक तोला सुन १ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
महासंघका अनुसार सुनको मूल्य बढेसँगै चाँदी भाउ पनि बढेको छ। ५ रुपैयाँले बढेर प्रतितोला चाँदीको भाउ २ हजार २५५ रुपैयाँ पुगेको छ। सोमबार एक तोला चाँदी २ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !