लगातारको वर्षाले उर्लियो महाकाली, शारदा ब्यारेजमा सवारी आवागमन बन्द
महेन्द्रनगर : महाकाली नदीमा पानीको बहाव एक लाख ६८ हजार क्युसेक नाघेको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान १० बजेको मापन अनुसार महाकालीमा एक लाख ६८ हजार ३ सय ४४ क्युसेक पुगेको छ । त्यसअघि बिहान आठ बजेको मापनमा पानीको वहाव एक लाख ९ हजार ९ सय ८० क्युसेक मापन गरिएको थियो । महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्म महाकालीमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !