माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, प्रचण्डले जवाफ दिँदै
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरू भएको हो।शुक्रबारदेखि जारी बैठक आजै सक्ने तयारी छ। बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। 

बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राखेका थिए। बैठकमा अधिकांश  स्थायी कमिटी सदस्यहरूले आफ्नो धारण राख्दै अहिले प्रचण्डकै नेतृत्व आवश्यक रहेको बताएका छन्। तर, उपहासचिव जनार्दन शर्माले  नेतृत्व कमजोरीका हिसाबले अध्यक्ष प्रचण्डले आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा अध्यक्ष प्रचण्डले नेता शर्मालाई अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए। पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै प्रचण्डले अनुशासनको कारबाही गर्ने चेतावनी दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.