भिजिट भिसाको नाममा राप्रपा र रास्वपाले संसदको दुरूपयोग गरे : कांग्रेस

भिजिट भिसाको नाममा राप्रपा र रास्वपाले संसदको दुरूपयोग गरे :  कांग्रेस
सुन्नुहोस्

काठमाडौं : भिजिट भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरूपयोग गरेको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ। सोमबार प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै विपक्षी दलहरू राप्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले अवरोध जनाएका थिए।

उनीहरूले भिजिट भिसा प्रकरणमा उठाएका आफ्ना कुरा सरकारले नसुनेको भन्दै छानविन समिति नबनेसम्म संसदमा आफ्नो अडान कायमै रहने बताए। आफ्ना कुरा राखिसकेपछि बैठक बहिष्कार गर्दै बाहिर निस्किए। बैठकमा रास्वपा सांसद असिम साह र राप्रपा सांसद ध्रवबहादुर प्रधानले बोलेका थिए।  भिजिट भिसा प्रकरणको छानविनको माग गर्दा राप्रपा र रास्वपालाई व्यवस्था विरोधी भनेर ट्याग लगाउन खोजिएको उनीहरूको आरोप थियो।

शून्य समयमा बोल्दै  कांग्रेस प्रमुख सचेतक श्याम कुमार घिमिरेले भिजिट भिसाका नाममा विपक्षी दलहरूले लामो समयदेखि संसदको दुरूपयोग गर्दै आएको बताए।  यो गलत अभ्यास रहिरह्यो भने संसदको गरिमा पनि नरहने उनको भनाइ छ। उनले यो गलत अभ्यासको अन्त्य गर्न सभामुखसँग आग्रह समेत गरे।

'झन्डै ७० दिनदेखि अवरोध हुँदै आएको छ। आफ्नो कुरा राख्ने र अनि बहिष्कार गर्ने। यो अभियान र यो अभ्यास जारी रहने भन्नु भएको छ। कतिदिनसम्म चल्ने हो ? संसदमा उभिएर गालीगलौज गर्ने। भिजिट भिसाका नाममा मानव तस्करी गरियो भन्ने। भिजिट भिसामा बाहिर कतै नगएको कोही छ ? यो के भन्न खोजिएको हो ,'उनले भने,' रोहबरशैलीमा झुटो कुरा प्रचार गरेर आम मानिसलाई भ्रममा पारेर संसदलाई दुरूपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ। नेपाली कांग्रेसको गम्भीर आपत्ती छ यसमा। यो अभ्यासको अब अन्त्य गरिएन भने संसदको गरिमा रहँदैन महत्व पनि रहँदैन। '


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.